खाद्य कम्पनीका महाप्रबन्धक रमेश आचार्यले दिए राजीनामा
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् ।
- सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरिरहेका बेला आचार्यले नैतिकताको आधारमा भन्दै ५ दिनअघि नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
- खुल्ला प्रतिस्पर्धाबाट आएको भए तापनि सरकारले अघिल्लो सरकारका नियुक्तिहरू हटाउन थालेपछि उनले उच्च नैतिकता देखाउँदै पद त्याग्ने निर्णय गरेको ती अधिकारीले बताएका छन् ।
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका महाप्रबन्धक रमेश आचार्यले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने तयारी गरिरहेका बेला आचार्यले नैतिकताको आधारमा भन्दै ५ दिनअघि नै राजीनामा दिएको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत ठुलो सङ्ख्यामा राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । यद्यपि, उक्त अध्यादेशमा खाद्य कम्पनीको महाप्रबन्धकको नाम समावेश थिएन, तर सरकारले थप ५०० जना राजनीतिक नियुक्तिको सूची बनाएर हटाउने तयारी गरेपछि आचार्यले आफैँले मार्ग प्रशस्त गरेका ती अधिकारीले बताए ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार आचार्यले कुनै विवादका कारण नभई बदलिँदो राजनीतिक परिस्थिति र सरकारको मनसायलाई बुझेर स्वैच्छिक रूपमा राजीनामा दिएका हुन् ।
ती अधिकारीले आचार्यको कार्यशैली प्रशंसनीय रहेको तर्क गरे । उनले भने, ‘उहाँ जत्तिको मान्छे पाउन संस्थालाई गाह्रो छ । सुरक्षण मुद्रण केन्द्रबाट भइरहेको लाइसेन्स छपाइको पूर्वतयारी र चुनावका बेला निर्वाचन सामग्रीको छिटो व्यवस्थापनमा उहाँको नेतृत्व प्रशंसनीय थियो ।’
२०८१ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट आचार्यलाई खुल्ला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्त गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट आएको भए तापनि सरकारले अघिल्लो सरकारका नियुक्तिहरू हटाउन थालेपछि उनले उच्च नैतिकता देखाउँदै पद त्याग्ने निर्णय गरेको ती अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण