जेनजी विद्रोहपछि पर्यटन सुधारका लागि संसद् छिरेका कीर्तिमानी आरोही
काठमाडौँ । विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका विश्व कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पा अहिले सांसदका रूपमा नयाँ भूमिकामा छन्।
ताप्लेजुङका शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आदिवासी जनजाती कोटाबाट संसदसम्म पुगेका हुन्।
सबैभन्दा सानो उमेरमा विश्वका १४ वटै अग्ला हिमाल आरोहण गरेको कीर्तिमान कायम गरेका शेर्पाले सगरमाथा र मनास्लु ९ पटक तथा पाकिस्तानको केटू हिमाल ६ पटक आरोहण गरिसकेका छन्।
उनले ६१ दिनमा सगरमाथा र केटु आरोहण गर्नुका साथै आधार शिविरदेखि चुचुरोसम्म १४ घण्टा २२ मिनेटमै पुगेर सबैभन्दा छिटो केटु आरोहण गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाममा राखेका छन्।
पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका शेर्पाले जेनजी विद्रोहपछि सांसद बन्ने सोच पलाएको बताएका छन्। नेपालको पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्या र खस्किएको बजारलाई उकास्न आफू आशावादी भएर अगाडि बढेको उनले सुनाए।
पाँच महादेशका प्रमुख हिमालहरू अकोनकागुवा, किलिमिन्जारो र इलब्रस समेत आरोहण गरिसकेका शेर्पा एभरेष्ट बैंक, माउन्टेन ड्यु र क्यानोन क्यामेरा जस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिएर विश्वभर परिचित छन्।
पर्यटन क्षेत्रका समस्या आफैँ समाधान गर्न अग्रसर भएको बताउने उनी अब संसदबाटै नीतिगत सुधारका लागि योगदान दिने योजनामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण