शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

नेकपा सुदूरपश्चिमको इन्चार्ज भानुभक्त जोशी, रावलले के भने ?

आइतबार, २७ वैशाख २०८३, १० : ३०
आइतबार, २७ वैशाख २०८३

सारांश

  • नेकपा सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिइएको छ ।
  • यस विषयमा नेता डा. भीमबहादुर रावललाई कुनै जानकारी नभएको र आफूसँग सल्लाह नगरी जिम्मेवारी तोकिएकोमा उनले असन्तुष्टि जनाएका छन् ।
  • वरियताको विषयमा रावलले काठमाडौँ आएर कुराकानी गर्ने बताएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता डा. भीमबहादुर रावलले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भानुभक्त जोशीलाई दिएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । भर्खर सम्पन्न केन्द्रीय संयोजन समितिको बैठकले रावललाई इन्चार्ज, जोशी र खगराज भट्टलाई सहइन्चार्जको जिम्मेवारी तोकेको थियो । 

तर वरीयतामा असन्तुष्टि जनाएका रावलले आफूसँग पार्टीले कुनै सल्लाह नगरी इन्चार्जको जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रदेशको इन्चार्जको जिम्मेवारी युवालाई दिन नेतृत्वलाई सुझाव दिएका थिए । 

शनिबार संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा रावलको नाम हटाएर जोशीलाई सुदूरपश्चिमको इन्चार्ज बनाइएको छ । सहइन्चार्जमा भट्ट, प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजकमा लालबहादुर खड्का रहेका छन् । यद्यपि वरीयताको विषयमा आफू काठमाडौँ आएर कुराकानी गर्ने रातोपाटीसँग बताए । 

‘म अहिले अछाममा छु । प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको विषयमा मलाई थाहा छैन । वरियताको विषयमा काठमाडौँ आएपछि कुराकानी गरौँला’, रावलले भने । 

पार्टी एकताको बेला रावलले आफूलाई छैटौँ नम्बरको वरीयता मागेका थिए । तर उनको प्रस्ताव अस्वीकार भएपछि संयोजन समितिको बैठकमै सहभागी भएनन् । वरीयता सम्बन्धी विवाद हुने देखिएपछि संयोजक प्रचण्ड, सहसंयोजक माधव, वरिष्ठ नेताहरू झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसम्म तोकेर बाँकी नेताहरूको वर्णानुक्रम अनुसार वरीयता निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप