ट्रेड युनियन खारेजीविरुद्ध कर्मचारीहरूले आईएलओमा दिए उजुरी
सारांश
- खारेजीमा परेका निजामती कर्मचारी सङ्गठनहरूले आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित भएको भन्दै आईएलओमा उजुरी दर्ता गराएका छन्।
- सरकारले केही अध्यादेश जारी गरी सरकारी निकायमा ट्रेड युनियनसम्बन्धी गतिविधिमा पूर्ण बन्देज लगाएपछि कर्मचारीहरूले आईएलओ गुहारेका हुन्।
- आईएलओको नेपाल कार्यालयले यस विषयमा छलफल गरी सरकारलाई पत्राचार गरिसकेको छ।
काठमाडौँ । खारेजीमा परेका निजामती कर्मचारी सङ्गठनहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) गुहारेका छन्। आफ्नो खारेजी असंवैधानिक र अन्तर्राष्ट्रिय अभिसन्धी विपरित भएको भन्दै स्वीजरल्यान्डको जेनेभामा रहेको मुख्य कार्यालयमा उनीहरूले उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा नेपालमा क्रियाशील सम्पूर्ण ट्रेड युनियन सङ्गठनहरूको सहभागिता रहेको विगठित नेपाल निजामती कर्मचारी सङ्गठनकी अध्यक्ष भवानी दाहालले जानकारी दिइन् ।
सरकारले गत साता केही अध्यादेश जारी गर्दै कुनै पनि सरकारी निकायमा ट्रेड युनियनसम्बन्धी गतिविधि गर्न पूर्ण रूपमा बन्देज लगाएको थियो । नेपाल आईएलओको अभिसन्धीको पक्ष राष्ट्र भएको अवस्थामा कार्यालयभित्र ट्रेड युनियन गतिविधि गर्ने कार्य कानुन ल्याएर रोक्न नमिल्ने उनीहरूको जिकिर छ ।
कर्मचारीहरू उजुरीपछि आईएलओको नेपाल कार्यालयले सबै सङ्गठनका प्रतिनिधिलाई बोलाएर थप छलफल गरिसकेको छ । यो क्रममा सरकारलाई समेत यसबारे पत्राचार भइसकेको जानकारी दिएको दाहालले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण