सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीनवटा प्रतिष्ठित अवार्ड
बुटवल। बुटवलस्थित 'हायात प्लेस बुटवल' ले सञ्चालनमा आएको ६ महिनामै तीनवटा प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ।
'होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन' र 'वल्र्डवाइड बेस्ट होटेल डट कम' ले होटेललाई तीन विधामा सम्मानित गरेका हुन्।
होटेलले "नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६", "नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६" र "नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६" प्राप्त गरेको छ।
सञ्चालनको छोटो अवधिमै अन्तर्राष्ट्रिय स्तरको यो पहिचान पाउनुलाई पर्यटन क्षेत्रमा एक दुर्लभ उपलब्धिको रूपमा हेरिएको छ।
होटेलका महाप्रबन्धक तुषार नागरले यो सफलता सम्पूर्ण टोलीको मेहनत र उत्कृष्ट सेवाको प्रतिफल भएको बताए । उनले भने, "सञ्चालनको ६ महिनामै २०२६ का लागि यी प्रतिष्ठित अवार्डहरू पाउनु हाम्रा लागि गर्वको कुरा हो। यसले हामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा दिएको छ।"
आधुनिक सुविधा र स्थानीय आतिथ्यताको सन्तुलन मिलाएको यस होटेलले विशेष गरी विवाह र ठूला कार्यक्रमका लागि आफूलाई नेपालकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गरेको छ।
आगामी दिनमा पनि गुणस्तरीय सेवा र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहने होटेलले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण