बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब सातामा दुई दिन बिदा
सोमबार, २८ वैशाख २०८३, १३ : ३३
सारांश
- बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
- नेपाल सरकारको निर्णय र मन्त्रालयको परिपत्र अनुसार यो व्यवस्था लागू गरिनेछ।
- यस निर्णयले बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू बन्द रहनेछन् तर अन्तरङ्ग र आकस्मिक सेवा भने सुचारु रहनेछन्।
धरान । बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले यो व्यवस्था लागू गर्न लागेको हो। प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी सूचना अनुसार हरेक हप्ताको शनिबार र आइतबार अस्पतालको बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्।
अस्पतालको अन्तरङ्ग सेवा र आकस्मिक सेवा भने सुचारु रहनेछन्। यसअघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुँदै आएका अस्पतालका सेवा तथा कार्यालयहरू अब अन्य कार्यदिन सरह पूर्ण समय सञ्चालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण