मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वाग्रह त्यागेर सुशासन र समृद्धिका लागि लाग्न अध्यक्ष दाहालको आह्वान

‘सांकेतिक भाषा’को प्रयोग सुरु
सोमबार, २८ वैशाख २०८३, १४ : ३६
सोमबार, २८ वैशाख २०८३

सारांश

  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रह त्यागेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गरेका छन् ।
  • अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढीकरणमा राष्ट्रिय सभाको अभिभावकीय भूमिका रहेको बताए ।
  • यस अधिवेशनमा बजेटमाथिको छलफलका साथै संघीय निजामती सेवा, विद्यालय शिक्षा र नेपाल प्रहरीसम्बन्धी महत्वपूर्ण विधेयकहरू पारित गर्ने प्राथमिकता रहेको छ ।

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गरेका छन् । 

अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताएका हुन् । 

विगतका चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद संसदले विधायिकी प्रक्रियालाई निरन्तरता दिएको स्मरण गर्दै उनले नयाँ जनादेश र नयाँ सरकार गठनसँगै संसदीय कामकारबाहीमा थप गति प्राप्त भएको उल्लेख गरे ।

यस अधिवेशनलाई मुख्यतः बजेट अधिवेशन’का रूपमा लिइने भएकाले यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने अध्यक्ष दाहालले जानकारी दिए । साथै संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयकलगायतका महत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसदको काँधमा रहेको उनले बताए ।

संसदलाई थप प्रविधिमैत्री र समावेशी बनाउने प्रयास स्वरूप यसै अधिवेशनदेखि राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा ‘सांकेतिक भाषा’को प्रयोग सुरु गरिएको उनले घोषणा गरे । 

यसका साथै निर्माणाधीन संसद भवन छिट्टै सम्पन्न हुने र आधुनिक प्रविधिसहितको नयाँ भवनबाट सभा सञ्चालन भई कार्यक्षमतामा वृद्धि हुने विश्वास समेत अध्यक्ष दाहालले व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप