शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कर्मचारीले गर्ने राजनीतिक गतिविधि अब फौजदारी अपराधसरह

सोमबार, २८ वैशाख २०८३, १७ : २४
सोमबार, २८ वैशाख २०८३

काठमाडौँ । सरकारले कर्मचारीको राजनीतिक आबद्धतालाई फौजदारी अपराधसरह मान्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

कर्मचारीको राजनीतिक दलमा आबद्ध भएको पाइएमा भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्त गर्ने नीति लिइएको छ । 

अहिले फौजदारी अपराधमा प्रमाणित भएका व्यक्तिलाई मात्रै भविष्यमा सरकारी सेवामा अयोग्य घोषणा गर्ने व्यवस्था छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप