रक्षा संवाददाता अभिमुखीकरण सुरु
सोमबार, २८ वैशाख २०८३, २३ : १५
सारांश
- सैनिक मुख्यालय जङ्गी अड्डामा रक्षा संवाददाता अभिमुखीकरण सुरु भएको छ ।
- विभिन्न सञ्चार माध्यममा आबद्ध २९ जना सञ्चारकर्मी सहभागी रहेको यो अभिमुखीकरण सेना र सञ्चार क्षेत्रको सम्बन्ध परिष्कृत बनाउने उद्देश्यले आयोजना गरिएको हो ।
- यस कार्यक्रममा सेनाको संगठनात्मक स्वरुप, जिम्मेवारी, भूमिका, मुख्य गतिविधि, विपद् प्रतिकार्य र समसामयिक विषयमा जानकारी तथा अन्तरक्रिया हुनेछ ।
काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डामा रक्षा संवाददाता अभिमुखीकरण सुरु भएको छ । सोमबारबाट सुरु भएको अभिमुखीकरणमा विभिन्न सञ्चार माध्यममा आबद्ध २९ जना सञ्चारकर्मी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेना र सञ्चार क्षेत्रको सम्बन्ध परिष्कृत बनाउन र नेपाली सेनाबारे जानकारी गराउने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रम सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेले उद्घाटन गरेका हुन् ।
अभिमुखीकरण कार्यक्रममा सेनाको संगठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका र मुख्य गतिविधिहरूको बारेमा जानकारी गराइन्छ । त्यस्तै विपद् प्रतिकार्य र समसामयिक विषमा अन्तरक्रिया सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण