अवैध व्यापार नियन्त्रण नगरी उद्योग र अर्थतन्त्र बलियो हुन सक्दैन: सांसद विदुषी राणा
सारांश
- सांसद विदुषी राणाले नेपालमा उद्योग र उत्पादन क्षेत्रको प्रवर्द्धनका लागि स्वच्छ र सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
- उनले सीमा क्षेत्रमा कडाइ गरिए पनि नेपालमा अवैध व्यापार झन् बढ्दै गएको र देश भित्रै दर्ता विनाका उद्योगहरू खोलिएर अवैध सामान उत्पादन भइरहेकोप्रति चिन्ता व्यक्त गरिन् ।
- समस्या समाधानका लागि उनले विभिन्न मन्त्रालय र सुरक्षा निकायहरूलाई समेटेर एकद्वार प्रणालीमार्फत 'प्रभावकारी संयुक्त अनुगमन संयन्त्र' तत्काल बनाउन माग गरेकी छन् ।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद विदुषी राणाले नेपालमा उद्योग र उत्पादन क्षेत्रको प्रवर्द्धनका लागि सबैभन्दा पहिले स्वच्छ र सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् ।
बैठकमा बोल्दै सांसद राणाले सीमा क्षेत्रमा कडाइ गरिए पनि नेपालमा अवैध व्यापार झन् बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले अवैध सामान बाहिरबाट मात्र नभई देश भित्रै पनि दर्ता विनाका उद्योगहरू खोलेर उत्पादन भइरहेको बताइन् । 'यस्ता अवैध व्यवसायले न राज्यलाई कर तिर्छन्, न त श्रमिकलाई न्यूनतम सुविधा नै दिन्छन्,' राणाले भनिन्, 'यसले गर्दा कानुनी प्रक्रिया पूरा गरेर चलेका इमानदार उद्योगी र कर तिर्ने व्यवसायीहरू निरुत्साहित भएका छन् ।'
सांसद राणाले अवैध व्यापार आर्थिक समस्या मात्र नभई देशको व्यावसायिक संस्कृतिमा फैलिएको गम्भीर विकृति भएको उल्लेख गरिन्। अनुगमनका क्रममा एउटा सरकारी निकायले अर्को निकायलाई दोष देखाउने प्रवृत्तिले समस्या झन् बल्झिएको उनको तर्क थियो।
समस्या समाधानका लागि उनले वाणिज्य, अर्थ, गृह, भन्सार र उद्योग मन्त्रालयका साथै सुरक्षा निकायहरूलाई समेत समेटेर एकद्वार प्रणालीमार्फत 'प्रभावकारी संयुक्त अनुगमन संयन्त्र' तत्काल बनाउन माग गरिन्। अवैध व्यापार रोक्न सके मात्रै स्वदेशी उद्योगहरू बाँच्ने, राज्यको राजस्व बढ्ने र अन्ततः देशको अर्थतन्त्र बलियो हुने उनले विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण