मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता
क्वालालम्पुर । मलेसियाको पश्चिमी तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा पल्टिएको छ । मलेसियन समुद्री प्रवर्तन एजेन्सी (एमएमईए)का अनुसार कुल ३७ जना अवैध आप्रवासी बोकेको उक्त डुंगा सोमबार समुद्रमा डुबेको थियो । २३ जनाको उद्धार गरिएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् ।
बेपत्ताहरूको उद्धार कार्य जारी रहेको बताइएको छ। स्थानीय माछा मार्नेहरूले पानीमा मानिसहरू तैरिरहेको देखेपछि सूचना दिएका थिए । त्यसपछि उद्धार टोली परिचालन गरियो । हालसम्म १६ पुरुष र ७ महिलासहित २३ जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि अधिकारीहरूको जिम्मा लगाइएको छ । बेपत्ता १४ जनाको खोजीका लागि समुद्री प्रहरी, नौसेना र स्थानीय माछा मार्ने समुदायको सहयोगमा संयुक्त अभियान सञ्चालन भइरहेको छ। हेलिकप्टर र निगरानी विमान पनि प्रयोग गरिएको छ।
प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू इन्डोनेसियाको किसारान क्षेत्रबाट मे ९ मा निस्किएको देखाएको छ । उनीहरू मलेसियाको पेनाङ, तेरेन्गानु, सेलाङ्गोर हुँदै राजधानी क्वालालम्पुरतर्फ गइरहेका थिए । बेपत्ता व्यक्तिहरूको पहिचान पुष्टि अझै नभएको र खोज कार्य जारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण