सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड
सारांश
- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुराना नेता र पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताएका छन् ।
- उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य स्मरण गर्दै आफ्नो कार्यकालमा सुशासन, सेवा प्रवाहमा सरलीकरण, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्ध कारबाही भएको फेहरिस्त प्रस्तुत गरे ।
- प्रचण्डले पुरानो र नयाँको बहसलाई दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत ठहऱ्याउँदै सवाल सही र गलतको भएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबैलाई एउटै डालोमा हालेर हेर्न खोज्नु सत्य नभएको दाबी गरे ।
सम्बोधनका क्रममा प्रचण्डले भने, “पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनेको छ कि सबै उस्तै हुन् । त्यसमा मलाई पनि घिसार्न खोजिन्छ, तर त्यो सत्य होइन ।”
प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यको चर्चा गर्दै अघिल्लो संसदमा आफू प्रधानमन्त्री र प्रमुख विपक्षी दलको नेता हुँदा रास्वपासँग दह्रो सहकार्य गरेको स्मरण गरे । उनले आफ्नो कार्यकालमा सुशासन, सेवा प्रवाहमा सरलीकरण, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्ध कारबाही भएको फेहरिस्त प्रस्तुत गरे ।
विगतको दुईतिहाइ सरकारलाई 'कुशासन' को संज्ञा दिँदै प्रचण्डले प्रतिपक्षमा रहँदा सानो संख्यामा भए पनि आफूहरूले विकृति र बेथिति विरुद्ध लडेको बताए ।
पुराना र नयाँको बहसलाई दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत ठहर्याउँदै उनले भने, “सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो ।” प्रचण्डका अनुसार नयाँ र पुराना भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन मात्र ल्याउँछ । बरु सही र गलतको बहसले मात्र गति, रूपान्तरण र नयाँ एकताको आधार खडा गर्ने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण