महावीर पुनको गुनासो– एक्लो माननीय भनेर हेला नगरियोस्, तपाईंहरुको भन्दा मेरो बढी समर्थक छ
मङ्गलबार, २९ वैशाख २०८३, १६ : ३१
सारांश
- पूर्व शिक्षामन्त्री महावीर पुनले प्रतिनिधिसभा बैठकमा आफूलाई पाँच मिनेटको समय छुट्याएकोमा सभामुखसमक्ष गुनासो पोखेका छन् ।
- सांसद पुनले आफूलाई एक्लो माननीय भनेर हेला नगर्न र अन्य सांसदलाई दिइने समयभन्दा बढी समय आफूलाई दिन आग्रह गरे ।
- उनले आफ्नो पार्टी सदस्यभन्दा देश-विदेशमा समर्थक धेरै रहेको दाबी गरे ।
काठमाडौँ । पूर्व शिक्षामन्त्री महावीर पुनले आफूलाई पाँच मिनेटको समय छुट्याएकोमा सभामुखसमक्ष गुनासो पोखेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै सांसद पुनले पाँच मिनेटको सीमा नतोक्न सभामुखसँग आग्रह गरे ।
‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस् । अन्यलाई १०–१५ मिनेट दिँदा मलाई पाँच मिनेट नदिइयोस् । तपाईंहरुको पार्टी सदस्य भन्दा मेरो देश–विदेशमा मेरा समर्थक धेरै छन्’, पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
-
आर्थिक वर्ष २०८२/०८३ अर्थ–राजनीतिक रूपमा अन्योलको वर्ष बन्यो
-
वार्षिक २५ खर्ब रेमिट्यान्सको १० प्रतिशत जलविद्युतमा लगाऔँ, एफडीआई कुर्नु पर्दैन: राजेन्द्र मल्ल
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण