सशस्त्रका डीएसपी नेतृत्वको टोली चढ्यो चुलु फार इस्ट हिमाल
मङ्गलबार, २९ वैशाख २०८३, २२ : १३
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी नेतृत्वको टिमले चुलु फार इस्ट हिमाल आरोहरण गरेको छ ।
पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा सञ्चालित उच्च भूभाग खोज तथा उद्धार तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरूले ६ हजार ३८ मिटर अग्लो यस हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् ।
प्रमुख प्रशिक्षक डीएसपी बाबुराम थापाको नेतृत्वमा १८ प्रशिक्षार्थीले दुई शेर्पाको सहयोगमा हिमाल आरोहण गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु भट्टले रातोपाटीलाई बताए ।
अन्नपूर्ण रेन्जअन्तर्गत मनाङ जिल्लामा अवस्थित यस हिमाल उनीहरूले मंगलबार बिहान ६ बजेर ४५ मिनेटमा आरोहण गरेका हुन् ।
सो टोली वैशाख २७ मा मनाङको ङिस्याङ गाउँपालिकाबाट चुलुतर्फ प्रस्थान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण