'काजी' ट्रेलर: विवाहपछिको प्रेम र समर्पणको कथा
सारांश
- विवाहपछिको प्रेम र समर्पणको कथामा आधारित फिल्म 'काजी' को ट्रेलर सार्वजनिक भएको छ ।
- ट्रेलरमा पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ ।
- फिल्ममा विपिन कार्की 'काजी' र केकी अधिकारी 'कजिनी' को मुख्य भूमिका छ ।
काठमाडौँ । विवाहपछि प्रेममा कस्तो समर्पण चाहिन्छ भन्ने देखाउने फिल्म हो `काजी´ । फिल्मकाे मंगलबार सार्वजनिक ट्रेलरले पनि यही झलक दिन्छ। ट्रेलरमा फिल्मकाे पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई देखाईएकाे पनि छ । विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रको रूपमा प्रस्तुत छन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याल लगायतको अभिनय छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत छ ।
नृत्य निर्देशक कविराज गहतरज, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको फिल्मकाे कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण