बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भावनाको ‘जब माया नजिकै आयो’ (भिडियो)

मङ्गलबार, २२ साउन २०७५, १८ : १४
मङ्गलबार, २२ साउन २०७५

काठमाडौँ – यतिबेला तीज गीत सार्वजनिक गर्ने बाढी नै चलेको छ । तीज नजिकिदै आउँदा कलाकारको गीत सार्वजनिक गर्न सक्रियता बढेको हो । यस्तैमा गायिका भावना आचार्यले नयाँ गीत ‘जब माया नजिकै आयो’ सार्वजनिक गरेकी छन् । 

भावनाको स्वर रहेको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । अर्जुन तिवारीले खिचेको यो गीतको भिडियोमा भावना, दीपक र निशाले दमदार अभिनय गरेका छन् ।

देवेन्द्र भण्डारीले निर्देशन गरेको भिडियोमा मोडल निशाले तारिफयोग्य काम गरेकी छिन् । सुप्रिमा पराजुलीले सम्पादन गरेको गीतले रिलिज भए लगत्तै राम्रो चर्चा बटुलिरहेको गायिका भावनाले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप