विमानस्थल गौचरण बन्यो, पाइपमा कमिला हिँड्न थाले : सांसद भुसाल
सारांश
- अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- उनले नौमुरे आयोजना, अर्घा भगवती विमानस्थल, सडक पूर्वाधार, सिँचाइ र खानेपानीको दर्जनौँ आयोजनाहरू बजेट र रेखदेखको अभावमा अलपत्र परेको उल्लेख गरे ।
- सांसद भुसालले वन्यजन्तुको आतङ्कका कारण नागरिकहरू विस्थापित हुने अवस्था आएको र किसानहरूको खेतीमा समेत क्षति पुगेको बताए ।
काठमाडौँ । अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले जिल्लाका महत्त्वपूर्ण विकास आयोजनाहरू अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्घाखाँची तीन वर्षसम्म सांसद विहीन हुँदा विकासका काम ठप्प भएको बताए ।
बैठकमा बोल्दै भुसालले नौमुरे आयोजना, अर्घा भगवती विमानस्थल, सडक पूर्वाधार, सिँचाइ र खानेपानीको दर्जनौँ आयोजनाहरू बजेट र रेखदेखको अभावमा अलपत्र परेको उल्लेख गरे । निर्माणाधीन विमानस्थल अहिले गौचरणमा परिणत भएको र खानेपानीको ट्याङ्कीहरू फुट्न थालेको उनले बताए । ‘पाइपमा पानी होइन, कमिला हिँड्न थालेका छन् । यो गुनासो कहाँ गएर सुनाउने सभामुख महोदय ?’ उनले प्रश्न गरे ।
सांसद भुसालले जिल्लामा वन्यजन्तुको आतङ्कका कारण नागरिकहरू विस्थापित हुने अवस्था आएको समेत बताए । सबैतिरबाट खेदिएका अर्घाखाँचीबासीलाई अहिले बाँदर र बँदेलले घरबाटै खेद्न सुरु गरेको उनको भनाइ थियो ।
किसानको पीडा सुनाउँदै उनले भने, ‘पहिलो कुरा चराले खेती उम्रन दिँदैन, जेनतेन उम्रिए मृगले हुर्कन दिँदैन । जसोतसो हुर्किए बँदेलले फल लाग्न दिँदैन र भाग्यले फल लागिहाले बाँदरले पाक्न दिँदैन । उनले वन्यजन्तुको समस्या समाधान गर्न र अलपत्र परेका विकास निर्माणका कामलाई तत्काल अगाडि बढाउन सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण