प्रतिनिधि सभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले लिए शपथ
सारांश
- सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
- सभामुख डोलप्रसाद अर्यालले अधिकारीलाई शपथ ग्रहण गराएका हुन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका हुन्।
काठमाडौँ । सङ्घीय संसद सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक विशेष समारोहका बिच अधिकारीले आफ्नो पदको शपथ लिएका हुन्। उनलाई सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका थिए। संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्।
सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त रहेको उक्त स्थानमा अधिकारीको नाम सिफारिस गरेका थिए। संवैधानिक एवं कानूनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनको सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने तथा पदमुक्त गर्ने प्रावधान रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल
-
५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण
-
ट्रम्पको आरोपपछि फिफाद्वारा रेफ्री क्लाउसको बचाउ
-
एक अमेरिकी सपनाको अवसान, बालोगुन विवादकै कारण अमेरिकाले सहानुभूति समेत गुमायो
-
विपक्षीको प्रश्न– प्रधानमन्त्रीलाई सदनमा जवाफ दिन कहिले ल्याउनुहुन्छ ?
-
बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण