बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खाद्यान्नमा विषादी भेटिएको मुद्दा दर्ता गर्न आदेश

बिहीबार, ३१ वैशाख २०८३, १८ : ३८
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ।
  • यसअघि अदालत प्रशासनले क्षेत्राधिकार नभएको भन्दै मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो ।
  • मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विषादीयुक्त प्रयोगलाई रोकी उपभोक्ताको बाँच्न पाउने र स्वस्थ वस्तु उपभोगलाई सुनिश्चित गराउने विषयलाई अदालतले आफ्नो अधिकार क्षेत्रभित्र मानेको छ।

काठमाडौँ । उपभोक्ता अदालतले चामल लगायतका खाद्यान्नमा विषादी भेटिएको भन्दै परेको मुद्दा दर्ता गर्न आदेश दिएको छ। 

उपभोक्ता अदालतका अध्यक्ष डा. दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार उपभोक्ताको हकहितसँग जोडिएको विषयमा फिराद परेको भन्दै दर्ता गर्न आदेश दिएको हो । 

यसअघि अदालत प्रशासनले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गर्न खोजेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले चामल लगायत अन्य खाद्यान्नमा अत्यधिक विषादी प्रयोग भएको र त्यसलाई रोक्नुपर्ने आदेशको माग सहित त्यसलाई रोक्न माग गर्दै उपभोक्ता अदालतमा गत साता फिरादपत्र पेस गरेका थिए ।

उपभोक्ता अदालतले आफ्नो आदेशमा भनेको छ, ‘मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने विषादीयुक्त प्रयोगलाई रोकी उपभोक्ताको बाँच्न पाउने, स्वस्थ वस्तु र सेवाको उपभोगलाई व्यवस्थित र सुनिश्चित गराउने समेतका विषयलाई लिई दायर हुन आएको प्रस्तुत फिरादपत्र यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने नै देखिँदा स्रेस्तेदारबाट भएको दरपीठ आदेश बदर गरिदिएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप