ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार, ३१ वैशाख २०८३, २१ : ४४
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का सन्दीप खड्काको आज मृत्यु भएको हो । से२त १४१८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा गम्भीर घाइते भएका खड्काको महाकाली प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए ।
त्यसैगरि कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्पको टोकाइबाट स्थानीय लिला लामिछाने घाइते भएकी हुन् । उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण