मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्

होटलमा आयोजित साधारण सभामा सहभागी
मङ्गलबार, ०५ साउन २०८३, १६ : ०३
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि हर्क राई (साम्पाङ) ले जानकी मन्दिर जाने कार्यक्रम रद्द गरेका छन् ।
  • सम्भावित मुठभेडलाई ध्यानमा राख्दै प्रहरीले मन्दिर परिसरमा ठुलो सङ्ख्यामा तैनाथ गरेको थियो ।
  • विवादपछि साम्पाङ सोझै जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगेर श्रम, संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन् ।

जनकपुरधाम । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)ले जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् ।

यसअघि उनको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले जानकी मन्दिर परिसरबाट लखेटेका थिए । सम्भावित मुठभेडलाई ध्यानमा राख्दै मन्दिर परिसरमा ठुलो सङ्ख्यामा प्रहरी तैनाथ भएको थियो ।
विवाद उत्पन्न भएपछि हर्क साम्पाङ जानकी मन्दिर जाने कार्यक्रम स्थगित गर्दै सोझै जनकपुरस्थित होटल क्राउन प्लाजामा पुगे । 

त्यहाँ आयोजित श्रम, संस्कृति पार्टीको मधेस प्रदेश समितिको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहभागी भएका छन् ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको सहभागिता छ । सहभागीहरूले पार्टीको संगठन विस्तार, आगामी योजना र मधेस प्रदेशमा पार्टीको भूमिकाबारे छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप