भारतमा पेट्रोल र डिजेल प्रतिलिटर ३ रुपैयाँले महँगियो
सारांश
- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।
- मूल्यवृद्धिसँगै दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ र डिजेल ९०.६७ भारु पुगेको छ ।
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले तेल कम्पनीहरूले मूल्य बढाएका हुन् ।
नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले वृद्धि भएको छ । मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ ।
त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ भारु पुगेको छ । यो नयाँ दर आजदेखि लागू भएको छ ।
मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा आएको उतारचढावलाई मानिएको छ । इरान र अमेरिकाबिचको तनाव बढ्नुअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारीमा थियो, जुन अहिले बढेर १०० डलर पार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठुलो दबाबमा थिए । कम्पनीहरूले आफ्नो घाटा पूर्ति गर्न मूल्यवृद्धिको कदम चालेका हुन् । यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरह्यो भने आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण