सभामुख डीपी अर्याल र जापानी राजदूत तोरुबिच शिष्टाचार भेटवार्ता
सारांश
- सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबिचबीच शिष्टाचार भेटवार्ता भएको छ।
- भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ।
- सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका छन्।
काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ।
सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे। उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखेका छन्।
भेटका क्रममा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्त्व दिएको उल्लेख गरे। उनले दुई देशबिचको आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
भेटवार्तामा दुवै पक्षले नेपाल र जापानबिचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण