प्रदेशको राजधानी टुङ्ग्याउन काठमाडौँमा सुदूरपश्चिमका मुख्यमन्त्रीको दौडधुप
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह प्रदेशको राजधानी टुङ्ग्याउन काठमाडौँमा शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् ।
- प्रदेशसभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरे पनि रुख कटानलगायतका समस्याले सार्न नसकिएको मुख्यमन्त्री शाहले बताए ।
- मुख्यमन्त्री शाहले समसामयिक राजनीति र सरकारका विषयमा पनि शीर्ष नेताहरूसँग छलफल भएको जानकारी दिए ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह अहिले सङ्घीय राजधानी काठमाडौँमा दौडधुपमा छन् । बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका शाहले शुक्रबार नेपाली कांग्रेसका सभापति गगन थापासँग भेटघाट गरे ।
मुख्यमन्त्री शाहले प्रदेशको राजधानीको विषय टुङ्ग्याउन आफू काठमाडौँमा शीर्ष नेताहरूलाई भेटिरहेको जानकारी दिए । ‘प्रदेशको राजधानीको विषय लामो समयदेखि टुङ्गिएको छैन । त्यो विषय टुङ्ग्याउन काठमाडौँमा आएर शीर्ष नेताहरूलाई भेटेको हुँ,’ मुख्यमन्त्री शाहले रातोपाटीसँग भने, ‘हिजो साँझ एमाले अध्यक्षज्यूलाई भेटे । आज नेपाली कांग्रेसका सभापति गगन थापालाई भेटे ।’
सुदूरपश्चिम प्रदेशसभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरेको थियो । तर, रुख कटानलगायतको समस्याले त्यहाँ राजधानी सार्न नसकिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
पछि नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबिच कैलालीको धनगढीमा बनाउने सहमति भए पनि पेस हुने बेलामा रोकिएकोले अहिले टुङ्ग्याउनका लागि नेताहरूसँग भेटघाट गरिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।
त्यसबाहेक समसामयिक राजनीतिबारे पनि शीर्ष नेताहरूसँग छलफल भएको मुख्यमन्त्री शाहले बताए । सरकारका विषयमा कांग्रेस एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच मिलेर जाने प्रयास भइरहेको नेताहरूले बताएको शाहले जानकारी दिए ।
‘३ दलबिच प्रदेशहरूमा मिलेर जाने प्रयास भइरहेको नेताहरूले बताउनुभयो । सहमति गर्न बाँकी रहेकाले सहमतिको मोडालिटी यही हो भनेर भन्ने अवस्था नरहेको उहाँहरूको भनाइ थियो,’ शाहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण