सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयमा कति ?
सारांश
- महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको छ ।
- अर्थ मन्त्रालयको मात्रै रु.३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको छ, जुन सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हो ।
- प्रतिवेदनले कुल सङ्घीय मन्त्रालयको बेरुजु रु. ५२ अर्ब ८ करोड ९१ लाख रहेको देखाएको छ ।
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु रहेको देखाएको छ । प्रतिवेदनअनुसार यो वर्ष सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुमध्ये अर्थ मन्त्रालयको बेरुजु ७० प्रतिशत रहेको छ ।
महालेखाको प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको मात्रै रु.३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु कायम भएको छ । यो सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हिस्सा हो । मुलुकको आर्थिक अनुशासन कायम गर्ने मुख्य मन्त्रालयमै यति ठुलो परिमाणमा बेरुजु देखिनुलाई महालेखाले गम्भीर वित्तीय बेथिति मानेको छ ।
कुन मन्त्रालयको बेरुजु कति ?
१. अर्थ मन्त्रालय : रु.३७ अर्ब ६३ करोड ३१ लाख (७०.३६ प्रतिशत)
२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : रु. ७ अर्ब १० करोड ३३ लाख (१३.२८ प्रतिशत)
३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण : रु. १ अर्ब ५३ करोड ६६ लाख (२.८७ प्रतिशत)
४. वन तथा वातावरण मन्त्रालय : रु.१ अर्ब ३४ करोड ५७ लाख (२.५२ प्रतिशत)
५. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : रु. १ अर्ब १६ करोड ७८ लाख (२.१८ प्रतिशत)
६. सहरी विकास मन्त्रालय : रु. ८० करोड ५१ लाख (१.५१ प्रतिशत)
७. परराष्ट्र मन्त्रालय : रु. ७४ करोड ३४ लाख (१.३९ प्रतिशत)
८. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय: रु. ६५ करोड २६ लाख (१.२२ प्रतिशत)
९. गृह मन्त्रालय: रु. ५७ करोड ७२ लाख (१.०८ प्रतिशत)
१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय : रु. ५२ करोड ४३ लाख (०.९८ प्रतिशत)
११ अन्य : २.६१
प्रतिवेदनअनुसार सङ्घीय मन्त्रालयको मात्रै कुल बेरुजु रु. ५२ अर्ब ८ करोड ९१ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण