स्टार्मरलाई नेतृत्व प्रतिस्पर्धामा चुनौती दिने पूर्वमन्त्री स्ट्रिटिङको घोषणा
सारांश
- बेलायतका पूर्वस्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्री किर स्टार्मरविरुद्ध लेबर पार्टी नेतृत्व प्रतिस्पर्धामा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
- स्ट्रिटिङले ब्रेक्जिटलाई विनाशकारी गल्ती बताएका छन् र बेलायत पुनः युरोपेली सङ्घमा फर्किनुपर्नेमा जोड दिएका छन्।
- स्थानीय निर्वाचनमा पराजयपछि स्टार्मरमाथि राजीनामाको दबाब बढेको छ, तर उनले पद नछोड्ने स्पष्ट पारेका छन्।
लन्डन । बेलायतका पूर्वस्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्री किर स्टार्मरविरुद्ध हुने कुनै पनि लेबर पार्टी नेतृत्व प्रतिस्पर्धामा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । स्ट्रीटिङले लेबर समर्थकहरूको प्रगतिशील समूह प्रोगेसको सम्मेलनलाई सम्बोधन गर्दै भने– ‘हामीलाई उत्कृष्ट उम्मेदवारहरूबिच वास्तविक प्रतिस्पर्धा चाहिन्छ र म त्यसमा सहभागी हुनेछु ।”
केही दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिँदै स्टार्मरलाई आफ्नो पदत्यागको समय सीमा तय गर्न आग्रह गरेका थिए । सम्बोधनका क्रममा स्ट्रिटिङले सन् २०१६ मा बेलायतको युरोपेली संघ (ईयू) छोड्ने (ब्रेक्जिट) निर्णयलाई विनाशकारी गल्ती भएको बताए । उनका अनुसार ब्रेक्जिटपछि बेलायत औद्योगिक क्रान्ति अघिकै जस्तो कमजोर अवस्थामा पुगेको छ ।
बेलायतले भविष्यमा फेरि युरोपेली सङ्घमा फर्किने लक्ष्य राख्नुपर्ने पनि उनले बताए । प्रधानमन्त्री स्टार्मरले विगतमा ब्रेक्जिटको विरोध गरेका थिए । तर प्रधानमन्त्री बनेपछि उनले पुनः युरोपेली सङ्घमा फर्कने प्रयास नगर्ने र आप्रवासनजस्ता संवेदनशील विषयमा ठुलो सम्झौता नगर्ने बताएका छन् ।
यसैबिच, ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी ब्रुनह्यामले संसदमा फर्किन खाली भएको सिटमा चुनाव लड्ने घोषणा गरेका छन् । संसद् सदस्य बन्नु प्रधानमन्त्री पदका लागि स्टार्मरलाई चुनौती दिन आवश्यक सर्त मानिन्छ ।
गत साता स्थानीय निर्वाचनमा लेबर पार्टीले ठुलो पराजय भोगेपछि स्टार्मरमाथि राजीनामाको दबाब बढेको छ । तर उनले पद नछोड्ने स्पष्ट पारेका छन् । लेबर पार्टीको नियमअनुसार नेतृत्वको चुनाव सुरु गर्न कुनै पनि चुनौतीकर्ताले पार्टीका कम्तीमा २० प्रतिशत सांसदहरूको समर्थन जुटाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती टी–२० कप : उपाधिका लागि चितवन र काठमाडौँ भिड्ने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण