कांग्रेस नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै कम्प्रोमाइज गर्दैन : गगन थापा
आइतबार, ०३ जेठ २०८३, १५ : २२
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।
- थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विषयलाई इङ्गित गर्दै नागरिकको आत्मसम्मानको विषयमा पार्टी ठिक स्थानमा उभिन्छ भनी बताए ।
- उनले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिबारे कांग्रेस स्पष्ट रहेको र सुशासन स्थापनाका लागि सरकारलाई साथ दिने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले नागरिक अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि कम्प्रोमाइज नगर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासी बस्तीमा डोजर चलाएको विषयलाई इङ्कित गर्दै त्यस्तो बताएका हुन् ।
‘कांग्रेसले नागरिकको अधिकार र आत्मसम्मानका विषयमा कुनै पनि कम्प्रोमाइज गर्दैन,’ सभापति थापाले भने, ‘नागरिकको आत्मसम्मानको विषयमा पार्टी ठिक स्थानमा उभिन्छ । कुनै कम्प्रोमाइज गर्दैन ।’
सभापति थापाले राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिबारे कांग्रेस स्पष्ट रहेको बताए । सरकारले सुशासन स्थापनाका लागि गर्ने काममा कांग्रेसको साथ रहने सभापति थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण