मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु : गगन थापा

आइतबार, ०३ जेठ २०८३, १५ : २८
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् ।
  • उनले १५औँ महाधिवेशन स्वच्छ र निष्पक्ष गराउन तथा १४औँ महाधिवेशनबाट निर्वाचित बाहिरिएकाहरूलाई केन्द्रीय समितिमा ल्याएर सम्मान दिन आफू तयार रहेको बताए ।
  • थापाले पार्टीका निर्णयमा योगदान हेरिने र सबै सदस्यलाई समान दृष्टिले हेरिने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । 

‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई केन्द्रीय समितिमा ल्याएर सम्मान दिएर राख्न चाहन्छु,’ सभापति थापाले भने, ‘महाधिवेशनका विषयमा बन्ने समितिमा फेयर बनाउनका लागि क–कसलाई कहाँ राख्ने भन्नेमा तयार छु । विधानको परिधिमा रहेर गर्छु । यो मेरो सार्वजनिक प्रतिबद्धता हो ।’

सभापति थापाले पार्टीले गर्ने निर्णयमा विशेष महाधिवेशनमा आएको र नआएको भन्ने विषयलाई आधार नबनाइने बताए । ‘निर्णय गर्दा पार्टीमा गरेको योगदान हेरिन्छ । सबै पार्टीका सदस्यहरूलाई समान दृष्टिणले हेरिन्छ,’ सभापति थापाले भने । 

आफूले आफूभन्दा अग्रज नेताहरूलाई घरमै पुगेर भेटेर मिलाउनका लागि जे पनि गर्न तयार रहेको हात जोडेर भनेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप