एनआइसी एकेडेमीसहितका विद्यालयद्वारा मापदण्ड विपरीत शुल्कवृद्धि, नागार्जुन नगरपालिकाको चासो
सारांश
- नागार्जुन नगरपालिकाले एनआइसी एकेडेमीसहितका संस्थागत विद्यालयले मापदण्ड विपरीत चर्को शुल्क लिएको विषयमा चासो लिएको छ ।
- नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले विद्यालयका प्रिन्सिपल र सञ्चालकहरूलाई बोलाएर सरकारी मापदण्ड अनुसार तोकिएको भन्दा बढी शुल्क लिन नपाइने स्पष्ट पारेकी छिन् ।
- एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्ध राज रेग्मीले भने विद्यालयले अतिरिक्त सुविधा दिएबापत नियमानुसार शुल्क लिएको र अभिभावककै सहमतिमा शुल्क निर्धारण गरेको दाबी गरेका छन् ।
काठमाडौँ । नागार्जुन नगरपालिकाभित्र सञ्चालित एनआइसी एकेडेमी सहित संस्थागत विद्यालयहरूले मापदण्ड विपरीत चर्को शुल्क लिएको विषयमा नगरपालिकाले गम्भीर चासो लिएको छ । एनआइसी ऐकेडेमीले मापदण्ड बाहिर रकम असुल गरेको समाचार सार्वजनिक भएपछि नगरपालिकाले यस विषयमा गम्भीर चासो देखाएको हो ।
नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले सरोकारवाला पक्षलाई बोलाएर स्पष्टीकरण सोधेको भन्दै अनुगमनलाई तीव्र पार्ने तयारी थालेको बताएकी छिन् । नगरपालिकाको शिक्षा निर्देशिका र मापदण्डभन्दा बाहिर गएर शुल्क उठाएको गुनासो आएपछि उपप्रमुख सुशीला अधिकारीले कडा कदम चाल्ने बताइन् ।
मापदण्ड भन्दा धेरै शुल्क लिइरहेको विषयमा अधिकारी भन्छिन् ‘विद्यालयका प्रिन्सिपल र सञ्चालकहरूलाई कार्यालयमै बोलाएर सरकारी मापदण्ड र वर्गीकरण (क, ख, ग श्रेणी) अनुसार तोकिएको भन्दा बढी शुल्क लिन नपाइने स्पष्ट पारिएको छ,’ उनले भनिन् ।
कतिपय विद्यालयले वार्षिक शुल्कका अतिरिक्त सरस्वती पूजा वा अन्य विविध शीर्षकमा वार्षिक ४० देखि ५० हजार रुपैयाँसम्मको बिल पठाउने गरेको गुनासो आएकोमा त्यस्ता कार्यहरू तत्काल बन्द गर्न निर्देशन दिइएको उनको तर्क छ ।

‘नगरपालिकाले अबका दिनमा नियमित र छड्के अनुगमनलाई प्राथमिकता दिने छौँ । म आफैँ शिक्षा शाखाका प्रतिनिधिहरू लिएर विद्यालयहरूको स्थलगत निरीक्षणमा जाने तयारीमा छु,’ उनले भनिन् ।
एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्ध राज रेग्मीले भने विद्यालयले अतिरिक्त सुविधा दिएबापत मात्र नियमानुसार शुल्क लिएको दाबी गरेका छन् । उनले समाचारमा आएको शुल्कको विवरण कार्यान्वयनमा आएको नभई एउटा ’ड्राफ्ट’ मात्र भएको तर्क गर्दै हालसम्म अभिभावकबाट धरौटी वा अन्य अतिरिक्त शीर्षकमा अनावश्यक रकम नलिएको जिकिर गरे ।
प्रिन्सिपल रेग्मीले विद्यालयले फिनल्यान्डको कोर्स, डिजिटल क्लासरुम र आधुनिक फर्निचर जस्ता विशेष सुविधाहरू प्रदान गरिरहेकाले सोही आधारमा अभिभावककै सहमतिमा शुल्क निर्धारण गरेको दाबी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण