‘लालीबजार’ले कमायो ३ करोड ४२ लाख, ‘मालती मङ्गले’ र ‘गुरुआमा’को कति ?
सोमबार, ०४ जेठ २०८३, १३ : २९
सारांश
- फिल्म 'लालीबजार'ले प्रदर्शनको ९ दिनसम्म ३ करोड ४२ लाख ग्रस कलेक्सन गरेको छ ।
- 'मालती मङ्गले'ले ४४ लाख ७८ हजार र 'गुरुआमा'ले २८ लाख ४४ हजार ग्रस कलेक्सन गरेको छ ।
- चलचित्र विकास बोर्डले प्रदर्शनरत तीन फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ले प्रदर्शनको ९ दिनसम्म देशव्यापी ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको प्रदर्शनरत तीन फिल्मको बक्स अफिस रिपोटमा फिल्मको कमाई सो देखिएको हो ।
बोर्डले २ जेठ शनिबार मध्यरातसम्मको कमाइ सार्वजनिक गरेको हो । जसमा ‘लालीबजार’को सो अवधिमा टिकट १ लाख १४ हजार ४८६ बिक्री भएको छ ।
‘लालीबजार’ २५ वैशाखदेखि प्रदर्शनमा आएको थियो । सोही दिनदेखि रिलिज भएको फिल्म ‘मालती मङ्गले’ र ‘गुरुआमा’ कमाइको मामलामा धेरै पछि छ ।
‘मालती मङ्गले’ शनिबारसम्म ४४ लाख ७८ हजार ६०८ रुपैयाँ कमाएको छ । सो अवधिमा यो फिल्मको टिकट १३ हजार ८९० बिक्री भएको छ ।
त्यस्तै, ‘गुरुआमा’को ग्रस कलेक्सन २८ लाख ४४ हजार ४५१ रुपैयाँ छ । यसको टिकट ८ हजार ९७४ बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण