सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रामकुमारी झाँक्रीले भनिन्, ‘तर्साएर शासन गर्ने दिन जान्छन्’

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ परेकोमा राष्ट्रिय सभामा विरोध
सोमबार, ०४ जेठ २०८३, १७ : ४३
सोमबार, ०४ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई आतङ्कित बनाएको आरोप लगाएकी छन्।
  • उनले रिसेड्युल एसेट र लिक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानून तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानूनको मर्मविपरीत रहेको भन्दै निन्दा गरेकी छन्।
  • सांसद झाँक्रीले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै यस्तो कार्य निन्दनीय भएको र त्रसाएर शासन गर्ने दिन ढिलो चाँडो जाने चेतावनी दिएकी छन्।

काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई आतङ्कित बनाउने कार्य गरेको आरोप लगाएकी छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। रिसेड्युल एसेट र लिक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानून तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानूनको मर्मविपरीत रहेको भन्दै उनले निन्दा गरेकी हुन्। 

बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्ति कसको हो भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानूनी भएको उनले बताइन्। सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै उनले आपत्ति जनाइन्।

बैठकमा बोल्दै झाँक्रीले भनिन्, ‘केही दिनअघि इन्भेष्टमेन्ट मेगा बैंकको सीईओलाई प्रहरीले समात्यो। आरोप के छ भने लिक्विडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सीईओले भन्नुपर्ने। तर बैंक र प्रचलित कानूनको हिसाबले के भन्छ भन्ने कुराको हेक्का नभइकन जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सीईओ र त्यसको संरक्षण गर्ने सीईओलाई सम्पत्ति कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छनाले बैंकका सीईओ समात्ने र निजी क्षेत्रलाई आतङ्कित गर्ने, काम गर्न नदिने जे आतङ्क सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ। त्रसाएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ। त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानूनको हेक्का राखोस्।’

सांसद झाँक्रीले बैंकिङ मर्म र प्रचलित कानूनको हेक्का राखेर मात्र कदम चाल्न समेत सरकारलाई कडा चेतावनी दिएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप