विराटनगरमा पनि सुकुमबासीहरुको प्रदर्शन
सोमबार, ०४ जेठ २०८३, १७ : ४९
विराटनगर । विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुमबासीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरस्थित संसारी माइस्थानबाट शुरु भएको विरोध र्यालीले नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिइएको थियो ।
भूमिहीन सुकुमबासी संयुक्त संघर्ष समिति मोरङको आव्हानमा मोरङका विभिन्न पालिकाबाट जम्मा भएका सुकुमबासीहरुले डोजर आतंक बन्द गर, विकल्प नदिई उठिबास लगाउन पाइँदैन जस्ता नारा लगाएका थिए ।
धर्ना कार्यक्रममा सहभागीहरूले सुकुमबासीहरुलाई बसोबासको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको बताएका थिए । उनीहरुले डोजर आतङ्क बन्द गर्न आग्रह गर्दै अव्यवस्थित बसोबासीहरुलाई पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण