सुलभ अग्रवालको साथमा आइप्याड भेटिएपछि डिआइजीको नेतृत्वमा छानबिन हुँदै
सारांश
- सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा सुविधा दिएको आशङ्कामा डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
- ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवालको साथमा आइप्याड फेला परेपछि उपत्यका प्रहरी कार्यालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
- छानबिन समितिले हिरासतको सुरक्षा जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरुसँग सोधपुछ गरिरहेको छ ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा ‘सुविधा’ दिएको आशङ्कामा छानबिन थालिएको छ ।
ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवालको साथमा आइप्याड फेला परेपछि उपत्यका प्रहरी कार्यालयले त्यसबारे छानबिन थालेको हो । डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अधिकारीको नेतृत्वमा ५ जनाको समितिले जेठ १ गते शुक्रबारदेखी त्यसबारे छानबिन गरिरहेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेर अग्रवाललाई जावलाखेल स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेको थियो । जिल्ला प्रहरी परिसरले नै आइप्याड बरामद गरेर उपत्यका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छानबिन समितिका एक जना सदस्यले रातोपाटीलाई बताए । समितिले हिरासतको सुरक्षा जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीहरुसँग त्यसबारे सोधपुछ गरिरहेको छ ।
त्यसबारे उपत्यका प्रहरी कार्यालयमा अग्रवाललाई अन्य थुनुवा भन्दा फरक कोठामा बस्ने सुविधा दिएको भनेर उजुरी परेको छ । छानबिन सुरु भएपछि विभागले उनलाई अस्पताल भर्ना गरेको छ ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको अर्का आरोपी दीपक भट्टलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा विभागले दुवै जनामाथि अनुसन्धान गरिरहेको छ ।
शंकर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो । व्यवसायी दीपक भट्टलाई सीआईबीले चैत १९ मा पक्राउ गरेर विभागको जिम्मा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण