सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दैछन् ।
- प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहनेछ ।
- राष्ट्रिय सभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुनेछ ।
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।
लगत्तै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । साथै उक्त छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।
लगत्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने र उठेका प्रश्नहरूको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण