१६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि काठमाडौँमा हुने
सारांश
- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
- यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ वटा खेल विधा समावेश गरिएका छन् ।
- राखेप सदस्य-सचिव रामचरित्र मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप सदस्य–सचिव रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गर्दै उक्त निर्णय गरेको हो ।
यस पटकको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विभिन्न ६ वटा खेल विधालाई समावेश गरिएको छ । प्रतियोगिता अवधिभर खेलाडीहरूले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्ने छन् ।
खेलको मिति र तयारीबारे छलफल गर्न आयोजित उक्त बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधिहरू र मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्ने क्रममा राखेप सदस्य–सचिव रामचरित्र मेहताले विद्यालय तहको जगका रूपमा रहेको यो प्रतियोगितालाई अत्यन्त व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनु पर्नेमा विशेष जोड दिएका छन् । उनले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवारीपूर्वक तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण