शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पोखराबाट भारतका लागि पहिलो चार्टर उडान

मङ्गलबार, ०५ जेठ २०८३, १७ : २४
मङ्गलबार, ०५ जेठ २०८३

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतका लागि चार्टर उडान भएको छ । 

मंगलबार भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान भएको हो । राजा भोज विमानस्थलका लागि चार्टर उडान गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

मुक्तिनाथ तीर्थयात्राका क्रममा बिरामी परेका भारतीय नागरिक शम्भु दयाल श्रीवास्तवलाई थप उपचारका लागि विशेष चार्टर उडानमार्फत भोपाल पठाइएको विमानस्थलका सूचना अधिकारी आशिष प्रकृति धितालले जानकारी दिए । उनी मुक्तिनाथ क्षेत्रबाट फर्किदा बिरामी भएपछि उद्धार गरी पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा ५ दिन उपचारपछि थप उपचारका लागि परिवारले जहाज चार्टर गरेको हो । चार्टर उडानमा बिरामीका दुई छोरा, चरक अस्पतालका ३ चिकित्सक र ६ जना क्रु सदस्य छन् । पोखराबाट भारतका लागि यो पहिलो डिपार्चर चार्टर उडान हो । यसअघि भारतको दिल्ली हुँदै एउटा विदेशी चार्टर उडान पोखरा आएको थियो ।

यसअघि पोखराबाट चीनको ल्हासा, छेन्दू, भुटानको पारो र सिंगापुरबाट चार्टर तथा विशेष उडान भइसकेका छन् । हिमालय एयरलाइन्सले नियमित उडान ल्हासा गरेपनि अहिले रोकिएको छ । सिचुवान एयरलाइन्सले केही समय नियमित रुपमै चार्टर उडान भरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप