साढे ५६ लाख डलर सोझै विदेश पठाएर पौने ४ करोड राजस्व छली
काठमाडौँ । भौतिक पूर्वाधार क्षेत्रको एक वैदेशिक ठेक्कामा गम्भीर वित्तीय अनियमितता र कर छली भएको तथ्य सार्वजनिक भएको छ ।
महालेखाले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार एक गैर बासिन्दा व्यक्तिले नेपालमा प्राप्त गरेको ठेक्का बापतको ठुलो रकम कुनै पनि कर नतिरी सोझै विदेश पठाएका छन् ।
गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रबाट सञ्चालित आयोजनाका व्यक्तिले एक ठेक्काबापत प्राप्त गरेको ५६ लाख ४९ हजार अमेरिकी डलर (करिब ७५ करोड नेपाली रुपैयाँ) नेपालको बैंक खातामा नराखी वा कर कट्टा नगरी सोझै विदेशस्थित आफ्नो बैंक खातामा पठाएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाले यस कार्यलाई प्रचलित आयकर ऐन, २०५८ को सीधा उल्लङ्घन भनेको छ । ऐनको दफा ८९(३) मा कुनै बासिन्दा व्यक्तिले ठेक्का वा करार अन्तर्गत गैर बासिन्दा व्यक्तिलाई भुक्तानी दिँदा अनिवार्य रूपमा ५ प्रतिशत कर कट्टा गर्नुपर्ने व्यवस्था छ । साथै, ऐनको अनुसूची–१ को दफा २(६) ले विदेशी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशत कर लाग्ने स्पष्ट पारेको छ ।
विदेशी विनिमय र आयकरको नियम मिचेर रकम बाहिरिँदा राज्यले ठुलो राजस्व गुमाएको छ । प्रतिवेदनले कुल रकमको ५ प्रतिशतले हुन आउने २ लाख ८२ हजार अमेरिकी डलर अर्थात् ३ करोड ८६ लाख ६१ हजार रुपैयाँ आयकर तत्काल यकिन गरी असुल गर्न सरकारलाई कडा निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण