बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

बुधबार, ०६ जेठ २०८३, ०७ : १२
बुधबार, ०६ जेठ २०८३

सारांश

  • सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
  • मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।
  • पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् ।

काठमाडौँ । सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्रीको कार्यालयका सचिव र सदस्य गृह मन्त्रालयका सचिव हुन्छन् । आईजी सदस्य सचिव हुने कानुनी व्यवस्था छ । 

पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ ।

691794204_839718012057728_1740028573467409501_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप