रुस र चीन बिचकाे सम्बन्ध नयाँ चरणमा पुगेको दाबी
सारांश
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भएको वार्तामा दुई देशले द्विपक्षीय सहकार्य अझ विस्तार गर्ने सहमति व्यक्त गरेका छन् ।
- पुटिनले रुस–चीन साझेदारीलाई उदाहरणीय सम्बन्धको रूपमा वर्णन गर्दै दुई देशको साझा लक्ष्य रुसी र चिनियाँ जनताको समृद्धि रहेको बताए ।
- सी जिनपिङले रुस–चीन सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको र पारस्परिक विश्वासको आधार अझ बलियो हुँदै गएको बताए ।
बेइजिङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङको भ्रमणमा रहेका छन् । पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबिच बेइजिङमा भएको विस्तारित वार्तामा दुई देशले द्विपक्षीय सहकार्य अझ विस्तार गर्ने सहमति व्यक्त गरेका छन् ।
वार्ताका क्रममा रुस र चीनले द्विपक्षीय सहकार्य विकास गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सँगै काम गर्ने पुटिनले बताएका छन् । यसले ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय समूहमा दुई देशको समन्वयलाई सङ्केत गरेको विश्लेषण गरिएको छ ।
पुटिनले वार्ता सार्थक भएकाे भन्दै रुस–चीन साझेदारीलाई उदाहरणीय सम्बन्धको रूपमा वर्णन गरेका छन् । दुई देशको साझा लक्ष्य रुसी र चिनियाँ जनताको समृद्धि रहेको पनि उनले बताए ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा रुस–चीन बिचकाे सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको राष्ट्रपति सीले बताएका छन् । सीले बेइजिङ दीर्घकालीन, स्थिर र स्वस्थ सम्बन्धलाई अटल रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको दोहोर्याए ।
उनले दुई देशबिचको पारस्परिक विश्वासको आधार अझ बलियो हुँदै गएको पनि बताए । ‘वाइड फर्म्याट मिटिङ’ भनिएको विस्तारित बैठक स्थानीय समयअनुसार दिउँसो सुरु हुने तय भए पनि करिब एक घण्टा ढिला गरी प्रारम्भ भएको थियो ।
भेटवार्तामा ऊर्जा, व्यापार, अन्तर्राष्ट्रिय राजनीति तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण