सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सट्टेबाजी गरेको आशङ्कामा विराटनगरबाट ४ जना पक्राउ

बुधबार, ०६ जेठ २०८३, १२ : ५३
बुधबार, ०६ जेठ २०८३

सारांश

  • विराटनगरबाट प्रहरीले इन्डियन प्रिमियर लिग प्रतियोगितामा सट्टेबाजी गरेको आशङ्कामा ४ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र सञ्जय थापा रहेका छन् ।
  • प्रहरीले उनीहरूले सट्टेबाजी खेलेको वा नखेलेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

विराटनगर। विराटनगरबाट प्रहरीले सट्टेबाजी गरेको आशङ्कामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग प्रतियोगितालाई लिएर उनीहरू सट्टेबाजी खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र सञ्जय थापा रहेका छन् । प्रहरीले उनीहरूले सट्टेबाजी खेलेका वा नखेलेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । 

यद्यपि, आधिकारिक विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप