विदेशिएका नेता र व्यवसायीलाई स्वदेश फर्कन ठाकुरको आह्वान
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।
बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ठाकुरले तीन प्रमुख राजनीतिक दलहरूबिच सहकार्यको वातावरण बनेको चर्चा गर्दै अब सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवा तथा मारवाडी समुदायका व्यवसायीहरूलाई सम्बोधन गर्दै मातृभूमि फर्कन आग्रह गरे ।
अध्यक्ष ठाकुरले विगतमा आफूहरूले भोगेको राजनीतिक दमन र कारागार जीवनको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई चेतावनीपूर्ण शैलीमा सचेत गराए ।
उनले महिलामाथि हुने हिंसा र अपमान अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यस्ता कार्यमा संलग्नहरूले ढिलोचाँडाे सजाय भोग्नुपर्ने धारणा राखे । महिलाको अपमानलाई उनले पौराणिक पात्र सीता र द्रोपदीको प्रसङ्गसँग जोड्दै यसलाई ठुलो पापको रूपमा चित्रण गरे ।
उनले भने, ‘अब बाहिर रहने अवस्था छैन, पलायन छोडेर आफ्नो भूमिमा आउनुहोस्, हामी स्वागत गर्छौँ । हामीले जनताका लागि राजनीति गरेका हौँ भने व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । पहिले समूह र जनताको हित हेर्नुस्, त्यसपछि मात्र व्यक्तिगत लाभका कुरा आउँछन् ।’
राजनीतिक नैतिकताको चर्चा गर्दै ठाकुरले राजनीति विशुद्ध रूपमा जनताको सेवाका लागि हुनुपर्नेमा जोड दिए । अध्यक्ष ठाकुरले वर्तमान राजनीतिक नेतृत्व र शक्ति केन्द्रहरूप्रति व्यङ्ग्य गर्दै मुलुकको अवस्था सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
उनले मधेस केन्द्रित दलहरूको एकता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘युनाइटेड मधेस’ पनि यस प्रक्रियामा साथै रहेको जानकारी दिए । बैठकमा उनले उठाएका कतिपय विषयहरूमा अन्य सदस्यहरूले स्पष्टीकरण माग गरेपछि उनले आफ्ना भनाइहरू राजनीतिक सद्भाव र राष्ट्रिय एकताका लागि भएको प्रस्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण