शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत, यस्तो छ कार्यादेश

बुधबार, ०६ जेठ २०८३, १९ : १३
बुधबार, ०६ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित भएका छन्, जसमा उपसभापति पुष्पा भुषाल संयोजक रहेकी छन् ।
  • ब्युरोको उद्देश्य पार्टीको निर्वाचन डाटाबेस निर्माण गर्ने, निर्वाचन तयारीलाई वैज्ञानिक बनाउने र प्रभावकारी रणनीति तय गर्ने रहेको छ ।
  • यस अन्तर्गत प्रदेश, जिल्ला र स्थानीय तहमा सूचना संकलन, विश्लेषण र प्रतिवेदन तयार गरिनेछ ।

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत भएका छन् । बुधबार पार्टी सभापति गगन थापाले १७ जनालाई सदस्यमा मनोनीत गरेका हुन् ।

उपसभापति पुष्पा भुषालको संयोजकत्वमा समिति गठन गरिएको छ।

702902513_833492316495470_5765986288374442023_n

प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत नेपाली कांग्रेस निर्वाचन ब्युरोको कार्यादेश
उद्देश्य:

पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने,
• निर्वाचन तयारीलाई तथ्याङ्क-आधारित (data-driven) र वैज्ञानिक बनाउने, ७५३ स्थानीय तह, ६,७४३ वडा र ७ प्रदेश स्तरमा विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाता र वस्तुस्थिति विश्लेषण गरी उम्मेदवार छनोट प्रणाली वैज्ञानिक र तथ्यपरक बनाउने, स्पष्ट र प्रभावकारी निर्वाचन रणनीति तय गर्ने,
• पार्टीको निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने ।

कार्यविवरण

प्रदेश, ७५३ गाउँ-नगरपालिका र ६,७४३ वडाको विस्तृत निर्वाचन तथ्याङ्क (comprehensive database) तयार गर्ने ।
• पछिल्लो निर्वाचन र अघिल्लो निर्वाचनको तुलनात्मक अध्ययन (comparative analysis), मत परिवर्तन (vote swing analysis) विष्लेषण, मतदान सहभागिता (turnout behavior) विश्लेषण र मतदाता मनोविज्ञान विष्लेषण गर्ने ।
• देशव्यापी सर्वेक्षण सञ्चालन गर्ने, मतदाता भावना (voter mood), विश्वास स्तर (trust level) र प्राथमिकता ( issue priority) मापन गर्ने, मनोविज्ञान विश्लेषण गर्ने, सर्वेक्षणका आधारमा नीति तथा घोषणापत्र सुधार गर्न सुझाव दिने ।
• प्रत्येक वडा, गाउँ नगरपालिका र प्रदेशका लागि छुट्टै निर्वाचन रणनीति तयार गर्ने ।
• जनताको वास्तविक मनोभाव, असन्तुष्टि, प्राथमिकता तथा स्थानीय स्तरका मुद्दाहरूको निरन्तर पहिचान र विश्लेषण गरी व्युरोलाई प्रतिवेदन उपलब्ध गराउने ।

यस अन्तर्गत प्रदेश स्तरमा प्रदेश संयोजकहरू रहनेछन्, जसले आफ्नो प्रदेशभित्र सूचना संकलन तथा व्यवस्थापनको कार्य गर्ने ।

• प्रदेश संयोजक अन्तर्गत जिल्ला तथा स्थानीय तहमा सूचनादाता (field informants) रहनेछन, जसले नियमित रूपमा स्थानीय स्तरका जानकारी उपलब्ध गराउने ।
चुनावी तयारी, उम्मेदवार छनोट तथा अभियान रणनीतिमा आवश्यक समायोजन गर्न सहयोग गर्नेछन।
• गाउँ-नगरपालिका तथा वडास्तरसम्म फैलिएको सञ्जालमार्फत जनमत, स्थानीय मुद्दा, राजनीतिक धारणा तथा तत्कालका मुद्दाको निरन्तर संकलन गर्ने ।
• सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट पनि जनमतको प्रवृत्ति (sentiment trends ) विश्लेषण गर्नेछन ।
• नियमित रूपमा “Trend Analysis” तयार गर्नेछ, जसले निर्वाचन ब्युरोलाई क्षेत्रगत रणनीति निर्माणमा सहयोग पुऱ्याउनेछ।
कुनै विशेष क्षेत्र वा विषयमा देखिएको असन्तुष्टि वा राजनीतिक परिवर्तनलाई प्रारम्भमै पहिचान गर्नेछन।
• साप्ताहिक रूपमा संक्षिप्त “Update” निर्वाचन ब्युरोलाई उपलब्ध गराउनेछन, जसले तत्कालीन जनमतको अवस्था प्रतिबिम्बित गर्नेछ।
• मासिक रूपमा विस्तृत विश्लेषणात्मक प्रतिवेदन तयार गर्नेछन, जसमा क्षेत्रगत प्रवृत्ति, प्रमुख मुद्दा तथा सम्भावित चुनावी प्रभाव समावेश गर्नेछ।
• इकाईले विशेष वा संवेदनशील विषयहरूमा तुरुन्त "Alert Reports” तयार गरी जानकारी दिनेछन ।
• कार्य समुह र इकाइले आफ्नो कार्यसम्पादनमा तथ्यपरकता, निष्पक्षता तथा गोपनियता कायम राख्नुपर्नेछ ।
• संकलित सूचनाहरू कुनै पनि प्रकारको व्यक्तिगत वा राजनीतिक प्रभावबाट मुक्त रहँदै यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप