बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

हेटौँडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने

बिहीबार, ०७ जेठ २०८३, ११ : १०
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • मकवानपुरको हेटौँडामा जेठ १३ देखि १६ गतेसम्म यूथ-१९ र यूथ-२२ उमेर समूहको अल नेपाल ओपन बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
  • प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालन हुने यस प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ, जसमा १४ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
  • प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रशिक्षक र क्लबलाई नगद पुरस्कारका साथै सबै खेलाडीको बीमा गरिएको छ ।

मकवानपुर । हेटौँडामा राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । जिल्ला बक्सिङ संघ मकवानपुरको आयोजनामा जेठ १३ गतेदेखि १६ गतेसम्म हेटौँडा–४ स्थित पारिजातपथमा रहेको कभर्ड हलमा यूथ–१९ र यूथ–२२ उमेर समूहको अल नेपाल ओपन बक्सिङ प्रतियोगिता हुने भएको हो ।

प्रदेश खेलकुद विकास परिषद्को २४ लाख ५० हजार रुपैयाँ सहयोगमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न २८ वटा क्लबका करिब २०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । संघ मकवानपुर अध्यक्ष सुशील घिमिरेका अनुसार प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगितामा यूथ–१९ तर्फ ७ वटा र यूथ–२२ तर्फ ७ वटा गरी १४ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ दुई उमेर समूहमा एक/एक तौल समूह निर्धारण गरिएको छ ।

प्रतियोगिता तयारी तीव्र रूपमा अगाडि बढिरहेको बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको प्रत्येक तौल समूहका पहिलो र दोस्रो हुनेले क्रमशः १० र ५ हजार तथा सेमिफाइनलमा पुग्नेले ३/३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी, प्रशिक्षक र क्लबलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता अन्तर्गत सहभागी सबै खेलाडीहरूको बीमा गरिएको छ ।

संघका मकवानपुर प्रशिक्षक लालबहादुर पौडेलका अनुसार प्रत्येक दिन ‘बक्सर अफ डे’बाट एकजना खेलाडीलाई सम्मान गरिनेछ । ‘खेलाडी उत्पादन गर्न यस प्रतियोगिता आयोजना गरिएको उनले बताए । जुनियर खेलाडीको देशभरको अवस्था कस्तो छ भनेर यस प्रतियोगिताबाट थाहा हुने उनको भनाई छ । पौडेलका अनुसार प्रतियोगितामा विभागीय टोली सहभागी नहुने उनले बताए । प्रतियोगितामा मकवानपुरबाट दुई टोलीको सहभागिता रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप