कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ प्रिमिएर
सारांश
- अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको छ ।
- फिल्मले प्रिमियरमा दर्शक तथा बलिउड निर्देशक अनुराग कश्यपबाट प्रशंसा पाएको छ ।
- यो फिल्म कान्सको ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको छ ।
काठमाडौँ । अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ फ्रान्समा जारी ‘कान्स फिल्म फेष्टिभल–२०२६’ प्रिमिएर भएको छ । बुधबार भएको प्रिमिएरमा फिल्मले सबैबाट प्रशंसा पाएको छ । फिल्म सकिएपछि हेर्ने सबैले ताली बजाएर फिल्मप्रति सम्मान दिएका थिए ।
प्रिमियर फिल्म हेरेपछि प्रसिद्ध बलिउड फिल्म निर्देशक अनुराग कश्पयपले ‘एलिफेन्ट्स इन द फग’को खुलेर प्रशंसा गरे । उनले सामाजिक सञ्जालमा प्रतिक्रिया राख्दै नेपाली फिल्मले ठुलो फड्को मारेको धारणा रखेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ सन् २०२६ को कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट भएको पहिलो नेपाली फिचर फिल्म हो ।
अभिनाश विक्रम शाहको निर्देशनमा एलिफेन्ट्स इन द फग’ डेब्यु फिल्म हो । फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल तथा नर्वेको अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएको हो ।
फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायत कलाकार छन् । गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, अशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्की लगायतको अभिनय छ ।
जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ, निर्माता रहेको फिल्ममा अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण