एक हप्ताभित्र बाँदर आतङ्क नियन्त्रणका लागि कदम नचाले संसद् बैठक चल्न दिँदैनौँ : एमाले सांसद राई
सारांश
- प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
- सांसद राईले बाँदरले जनजीवनमा ठुलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए ।
- उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनी प्रश्न समेत गरे ।
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद् बैठक सञ्चालनमा कठिनाइ हुने बताएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठुलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनी प्रश्न समेत गरे ।
सांसद राईले भने, ‘यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरूकाे उठिबास लगाइसक्याे । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस् हुँदैन ? म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबैभन्दा पहिला जनताको जीवनमा ठुलो समस्या भएको बाँदर छ । यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठुलो समस्या हुन्छ । तसर्थ तत्काल रूपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद राईले बाँदरको आतङ्कबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका प्रस्तावबारे बोलेनन् उपसभापति शर्मा
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण