महिन्द्राको २ टन क्षमताको 'बोलेरो म्याक्स पिक–अप' नेपाली बजारमा सार्वजनिक
काठमाडौँ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २–टन भार क्षमता भएको 'महिन्द्रा बोलेरो म्याक्स पिक–अप' सार्वजनिक गरेको छ।
चितवनको कुरिनटारस्थित महिन्द्रा शोरुममा एक विशेष समारोहकाबिच यो नयाँ गाडी सार्वजनिक गरिएको हो । उक्त सार्वजनिकरण समारोहमा मुग्लिन प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कम्पनीले यस नयाँ पिक–अपलाई दुईवटा हेभी–ड्युटी भेरियन्टमा उपलब्ध गराएको छ। जसमा 'HD 1.7 LX' भेरियन्टको मूल्य २९ लाख ९५ हजार रुपैयाँ र 'HD 2.0L SXi' भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँबाट सुरु हुने जानकारी दिइएको छ।
भार क्षमता, इन्धन दक्षता, सुरक्षा र सहज ड्राइभिङ अनुभवमा नयाँ मापदण्ड कायम गर्ने उद्देश्यले ल्याइएको यो पिक–अपले नेपालको 'सब–२–कमर्सियल' गाडीको सेगमेन्टमा महिन्द्राको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ।

१० फिट (३०५० मिमी) लामो कार्गो बेड (ढाला) भएको यो पिक–अप श्रेणीकै पहिलो भएको र यसले २–टनसम्मको भार सजिलै बोक्न सक्ने क्षमता राख्दछ। नयाँ बोलेरो म्याक्स पिक–अपमा अत्याधुनिक 'एमटुडिआई' इन्जिन प्रयोग गरिएको छ, जुन डिजेल र सीएनजी दुवै विकल्पमा उपलब्ध छ।
नेपालका पहाडी र उबडखाबड सडकहरूलाई मध्यनजर गर्दै यसमा फराकिलो 'ह्विल ट्र्याक' र बलियो 'सिंगल–पिस बडी साइड आउटर' संरचना निर्माण गरिएको छ, जसले गाडीलाई थप सन्तुलन र मजबूती प्रदान गर्दछ।

कम्पनीका अनुसार यो गाडी विशेष गरी निर्माण क्षेत्र, कृषि, मत्स्यपालन र लजिस्टिक्स आवश्यकताका लागि निकै उपयुक्त छ। कम सञ्चालन खर्च र उच्च रिसेल भ्यालु (पुन: बिक्री मूल्य) का कारण यो पिक–अप चालक र व्यवसायीहरूकाबिच लोकप्रिय हुने अपेक्षा गरिएको छ। क्षेत्रीय बजारबाट सुरु गरिएको यो सार्वजनिकरण प्रक्रियालाई चाँडै नै देशका अन्य मुख्य व्यापारिक सहरहरूमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ।
महिन्द्रा एन्ड महिन्द्राले सन् १९४५ देखि विश्वभर कृषि उपकरण, युटिलिटी गाडी र सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएको छ भने अग्नि ग्रुपले नेपालमा लामो समयदेखि यसको आधिकारिक वितरण गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण