काठमाडौँको तारकेश्वरमा किशोरलाई चक्कु प्रहार गर्ने एकजना पक्राउ
शुक्रबार, ०८ जेठ २०८३, ०७ : ४६
सारांश
- काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा एक किशोरमाथि चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय उज्ज्वल मगर छन्, जसलाई वैशाख ४ गते खोटाङका १९ वर्षीय नवराज गिरीमाथि चक्कु प्रहार गरेको आरोप छ ।
- प्रहरीले आरोपीविरुद्ध ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ र अन्य फरार अभियुक्तहरूको खोजी गरिरहेको छ ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शेषमति सिद्धार्थ मोडेल स्कुल नजिकै किशोरलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ घर भएर तारकेश्वर बस्ने १८ वर्षीय उज्ज्वल मगर छन् । वैशाख ४ मा आरोपी सहितका ४–५ जनाले खोटाङ घर भएका १९ वर्षीय नवराज गिरीलाई चक्कु प्रहार गरेको आरोप छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले आरोपीलाई बुधबार ललितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
आरोपीविरुद्ध प्रहरी वृत्त बालाजुले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । अन्य आक्रमणकारीहरूको खोजी भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण