मधेस सरकारमा नयाँ सत्ता समीकरण, आज मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आज विश्वासको मत लिने भएको छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले बिहीबार जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले पनि सरकारमा सहभागी भएको छ। एमालेका तर्फबाट मोहम्मद समिमलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।
मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताएका छन्।
हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेश सभा सदस्य रहेका छन्। सरकारलाई बहुमतका लागि कम्तीमा ५२ जना सदस्यको समर्थन आवश्यक पर्छ।
नयाँ सत्ता समीकरणअनुसार सरकारलाई नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४ र नेपाल कम्युनिस्ट पार्टीका १५ जना गरी कुल ६१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण