आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
शुक्रबार, ०८ जेठ २०८३, ११ : १९
सारांश
- नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
- यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ ।
- चाँदीको मूल्य भने वृद्धि भई प्रतितोला ५ हजार ११५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार भने २ लाख ५१ हजार ८८५ रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य भने वृद्धि भएको छ। हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ।
महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३८५ रुपैयाँ तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
-
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
आशिका तामाङको नाममा काटिएको १ करोड ३५ लाखको चेक बाउन्सले खैलाबैला
-
पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण