प्रथम कर्णाली पर्यटन महोत्सव सुरु
सारांश
- कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ ।
- नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको हो ।
- तीन दिनसम्म चल्ने महोत्सवमा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन तथा सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने छ ।
सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा शुक्रबारदेखि पहिलो पटक पर्यटन महोत्सव सुरु भएको हो ।
तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने छ । कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ । साथै, सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटनकर्मी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण